samajikkhabar.com
त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनर्स्थापना

पुनर्निर्माणको क्रममा रहेको काठमाडौं त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनर्स्थापना गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुल लगायतले मन्दिरको अवलोकन गरे । यो मन्दिर तथा सत्तल काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्टअन्तर्गत संगीत विभागले पुनर्निर्माण गरिरहेको छ । विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको प्राधिकरणले उल्लेख गरेको छ ।

samajikkhabar.com