samajikkhabar.com
Protest-in-Maitighar-Mandala-demanding-justice-for-Nirmala-Pant
Protest-in-Maitighar-Mandala-demanding-justice-for-Nirmala

लोक अर्थात जनता, लोकतन्त्र जनताको शासन । कि यो परिभाषा गलत हो यदि हो भने क्षमा चाहन्छु। होईन भने जनताकै शासनमा जनताले न्यायको लागि कति तड्पिनु पर्नेहो अझै ? कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक वर्ष बितिसक्दा पनि अझै न्याय पाउन नसक्नु कमजोरि कस्को हो ? प्रहरि , सरकार या जनता कस्को ? कहाँ गएर लुकेका छन् या राजनैतिक संरक्षण छ, के छ ? किन पत्ता लाग्दैन हत्यारा ? आज सम्म दशौँ समिती बने ८० भन्दा ज्यादा मानिसको डि.एन.ए परिक्षण भयो शंकाकै भरमा सयौँ व्यक्ति समातिए । तर उपलब्धि शुन्य । यतीका समय सम्म पत्ता नलाग्नुमा हामीले प्रहरीको कार्य दक्षतामा प्रश्न उठाउन पाउने कि नपाउने ? एउटै घटनाको लागि कति समिति उपसमिति गठन गर्नुपर्ने हो ? आजसम्म गठित समितिहरुले पक्कै प्रतिवेदन त बुझाए होलान्, खै त त्यसमा उठेका विषयहरुमा अनुसन्धान गरेको ? घटनाको एक वर्ष पुग्दै गर्दा सम्माननिय गृहमन्त्रीबाट आएको अभिव्यक्तिले हामीले के बुझ्ने ? यसमा अपराधीलाई राजनैतिक संरक्षण छ भनेर बुझ्न पाउने हो, या यो पनि अर्को अपराध हुन्छ ? मैले लेखेका कुनैपनि विचारमा पुर्णबिराम भन्दा प्रश्न चिन्ह धेरै हुन्छ मैले कैले मेरो विचारबाट प्रश्न चिन्ह हटाउन पाउने ? एसको उत्तर कसले दिने ? के यो ठिक हुन सक्छ ? निर्मला पन्तले न्याय पाउन नसक्नु मा राजनैतिक सहायता नभएरनै हो त ? कि अपराधीले भन्दा ज्यादा पैसा दिन नसकेर हो ? न्यायको मुल्य कति हो ? राज्यले अन्यायमा परेकाहरुलाई न्याय दिन नसकेकै हो त ? यहाँ कुरा निर्मला पन्तको मात्र होईन, न्यायको हो । अन्यायमा परेकाले तुरुन्त न्याय पाउनु पर्दछ । ‘न्याय नपाए गोर्खा जानु ’ गोर्खा नै अन्यायमा परेको छ अब कहाँ जानु ? न्यायको भुमि गोर्खा नै आज न्यायको लागि छटपटाई रहेको छ । लोकतन्त्रमा कसैले दुःख पाउँदैनन् भनेको सुनेको थिएँ त्यो त मात्र भनाई मात्र रहेछ । अब प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे आएपनि जनतालाई न्याय दिन सक्दैन भने व्यवस्था फेरिनुको औचित्य के ? अझै यो बेथितीको राजनिती कैले सम्म ?

samajikkhabar.com