samajikkhabar.com

हामी कहाँ थियौँ र अहिले कहाँ छौँ ? हामीले के गर्नु पर्ने थियो र के गर्न सकेनौँ ?
प्रश्न हेर्दा अनेकौँ कुरा मनमा उठ्न सक्छन् तर उचित जवाफ के हो त ? हिजो नेपाल भन्दा पनि कमजोर रहेको चिन आर्थिक रुपमा विश्वकै दोश्रो ठुलो शक्तिशाली देश बन्यो हाम्रै छिमेकी देश भारतले चन्द्रमामा यान पठायो । सिंगापुर कुनैबेला कर्मचारिलाई तलव दिन नसक्ने अवस्थामा थियो, अहिले संसारमै धेरै सुबिधा पाउने सरकारी कर्मचारी सिंगापुरमा छन् ।

hami k thiyeu k bhayeu - singhadurbardaily.com

हाम्रो पहिले चिनसँग एकलौटि ब्यापार थियो । चिनमा नेपालबाट अत्यावश्यक वस्तुको निर्यात हुन्थ्यो तर खै आज ? व्यापार घाटा २७ अर्व भन्दा ज्यादा छ । आधा भन्दा धेरै युवा विदेशमा छन् फर्काउन गतिलो कार्यनिती छैन । पहिले नेपालका श्री ३ भारत जाँदा त्यहाँको श्री ५ बराबरको सम्मान पाउँथे अहिले देशको राष्ट्रपति भारत जाँदा त्यहाँको विदेश राज्यमन्त्री स्वागत गर्न आउँछन् । आखिर के हो यो । हामी स्वाभिमानी नेपालीमा आज त्यो स्वाभिमान खै ? जहाँ हेर्‍यो त्यहाँ खै के भो ? कहाँ गयो ? के गर्‍यो ? प्रश्न मात्र प्रश्न त्यो भन्दा बढि केहि छैन ।
युवा लक्षित कार्यक्रम खै ? युवा परिचालन देशको लागि खै ? युवा स्वरोजगार कार्यक्रम रोडको झार उखेल्न हो ? वडाध्यक्षको घरमा धारा शौचालय बनाउन हो ? किन यस्तो कुरामा कोहि बोल्दैन ? तर आज सिल्पाले छविलाई छोडिन् सबैको ध्यान त्यता आकर्षित हुन्छ तर सिमाको स्तम्भ एक किलोमिटर वर सर्‍यो…, सार्ने बाहेक कसैलाई थाहा छैन ।
विषादीयुक्त तरकारी भारतले नेपाल पठायो विरोध!! तर यो मौकामा हाम्रो उत्पादन हाम्रो नै बजारमा पठाउँ कसैको त्यता तिर ध्यान नै गएन । हामी मात्र विरोध गरेर हाम्रो समय यसै खेर फलिरहेका किन छौँ ? हामी अरुले हामीले खोजे जस्तो दिएन किन यसमा अल्झीरहेका छौँ ? किन हाम्रो देश कृषि प्रधान होईन र ? अनि कृषि प्रधान देशको जनता फलानोले विषहालेको दियो भनेर फेरि किन सडकमा ? यो लाजमर्दो नभएर के त ? फेरि प्रश्न । हामीले कहिल्यै एडिडास छाडेर गोल्डस्टारको जुत्ता किन्यौँ ? त्यो नेपाली जुत्ता हो मैले यो लगाएँ भने फलानोले के सोच्छ!? अनि हामी देशमा रोजगारी कसरि पाउँछौँ त जव देशकै उत्पादन देशमा खपत हुँदैन । अनि हामी कसरी विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सक्छौँ ? कृषि प्रधान देशका कतिपय युवालाई यो पनि थाहा छैन तरकारी कहाँबाट आउँछ । के हामीले हाम्रो तर्फबाट गर्नुपर्ने सबै जिम्वेवारि पुरा गर्यौँ त ? फेरि अर्को प्रश्न । जति कुरा गरेपनि आखिरमा पढायो पाठ सोह्र दुना आठ नै हो त्यसैले । जसरी चल्छ समय घडि भित्रको चिज ।

samajikkhabar.com