samajikkhabar.com
चार वर्षमा ७० सरकारी भवनको पुननिर्माण
चार वर्षमा ७० सरकारी भवनको पुननिर्माण

२०७२ सालमा गएको बिनासकारि भुकम्पले पुर्ण क्षति भएको मध्ये ७० ओटा भवनको पुननिर्माण सम्पन्न भएको छ । सम्पन्न भएको मध्ये ३० ओटा सरकारी श्रोत र बाँकि ४० ओटा भवन एसियाली विकास बैंकको ऋण सहयोगमा सम्पन्न भएको छ ।

केन्द्रिय आयोजना कार्यन्वयन ईकाइ(भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले सरकारी श्रोतबाट पुननिर्माण भैरहेका २१ भवन चालु आर्थिक वर्ष भित्र र एडिबीको ऋण सहयोगमा पुननिर्माण भैरहेको २९ भवन आउँदो पुस सम्ममा सम्पन्न हुने बताउनुभएको छ । त्यस्तै बाँकि भवनको लागि प्रकृया सुरुभएको छ ।

samajikkhabar.com