samajikkhabar.com

काठमाण्डाै : सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

samajikkhabar.com