काठमाडौं : बुधबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।
यसअघि, मंगलबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८७ पैसा रहेको थियो ।