samajikkhabar.com

काठमाडौं : एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र झनै सुस्ताउने प्रारम्भिक अनुमान गरेको छ । विकास साझेदार बैंकले गत आर्थिक वर्षकमा २.३ प्रतिशतले मात्र विस्तार भएको नेपालको अर्थतन्त्र चालु आवमा मात्र १.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो ।

बैंकले सार्वजनिक गरेको एसियाली विकास आउटलुक २०२० अद्यावधीले यस्तो अनुमान छ । कोभिड–१९ जोखिम न्युनीकरणका लागि आह्वान गरिएको देशव्यापी लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपनि निर्यात, विप्रेषण तथा पर्यटन आयमा आउने गिरावटले अर्थतन्त्रलाई झनै सुस्त बनाउने बैंकको ठहर छ । 

यस्तै नेपालको प्रमुख विदेशी व्यापार साझेदार छिमेकी अर्थतन्त्र भारतको तीब्र उँधोगतिले नेपालको वृद्धि प्रक्रियामा थप चोट पुर्‍याउने एडीबीको नेपाल देशीय निर्देशक मुख्तोर खामुदखानोभले दाबी गरे । कोभिड–१९ संक्रमण अवधी बढे वृद्धिदर झनै खस्कने बताइएको छ ।

मंगलबार सार्वजनिक भएको नेपाल म्याक्रोइकोनोमिक अपडेटलमा कृषि क्षेत्रको वृद्धिदर बढ्ने अनुमान गरिउको छ । वर्षा अपेक्षाकृत हुँदा धान उत्पादन बढ्ने एडीबीको अनुमान छ । “तर, मलको अभावले वृद्धिलाई केही प्रभाव पार्न सक्छ,” प्रतिवेदनमा भनिएको छ, “उत्पादनको बजार तथा निर्माण गतिवधि खुम्चिँदा औद्योगीत उत्पादन कमी आउने छ ।” 

सेवा क्षेत्र भने निकै प्रभावित हुने एडीबीको दाबी छ । वैदेशिक व्यापारमा कमी आउनु तथा पर्यटन क्षेत्र खुल्ने टुंगो नहुनु कारण हो । 

samajikkhabar.com