samajikkhabar.com

काठमाडौं : राष्ट्र बैंकद्वारा ल्याएको स्थिर ब्याजदर नीतिप्रति नेपाल बैंकर्स संघलले असन्तुष्टि जनाएको छ ।

एकीकृत निर्देशनको विषयवस्तुमाथि छलफलको क्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले स्थिर ब्याजदर नीति लागूू गर्ने क्षमता नेपालका बैंकहरुसँग नभएको बताए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान)ले आयोजना गरेको छलफलमा दाहालले यो व्यवस्थाले वित्तीय क्षेत्रमा असन्तुलन हुन सक्ने भन्दै यसलाई राष्ट्र बैंक र बैंकहरु बसेर छलफल गर्नुपर्ने माग गरे ।

मंगलबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमाथिको संशोधन गर्दै विभिन्न प्रगतिशील व्यवस्था लागूू गरेको थियो । कुल ७३ पेज र १९८ बुँदामा समेटिएको उक्त संशोधनमा बैंक तथा वित्तीय संस्थालाई प्रभाव पार्ने गरी ४० वटा भन्दा बढी व्यवस्था गरिएका छन् ।

त्यसमध्ये केही बुँदाहरु बैंकले बैंकलाई सहजता थप्नेगरी आएको छ भने केही विषय चाहिँ भाषागत त्रुटी सच्याउने र अस्पष्टता हटाउने गरी आएको छ । केही बुँदाले भने बैंकहरुको वित्तीय अवस्थामा ठूलै असर गर्ने बैंकरहरुको भनाइ छ ।

samajikkhabar.com