samajikkhabar.com

काठमाडौं : सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

चाँदी हिजोभन्दा ५ रुपैयाँ महँगिएको छ । नेपाली बजारमा आज चाँदीको भाउ १३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

samajikkhabar.com