samajikkhabar.com

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदी (दुवै) को भाउ बढेको छ । हिजोको तुलनामा आज तोलामा ३ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार (आज) का लागि छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो (आइतबार) तोलाको ९७ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ । आइतबार ९६ हजार ७ सय रुपैयाँ प्रतितोला थियो ।

यसैगरी चाँदीको भाउ एकै दिन तोलामा २५ रुपैयाँले बढेको छ । आइतबार १३४० मा स्थिर रहेको चाँदी आज तोलाको १३६५ पुगेको महासंघले जनाएको छ ।

सुनको भाउ आइतबार पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेको थियो ।

यो पनि पढ्नुहोस:

नेपाल बिद्युत प्राधिकरणको कार्यकारीमा कुलमान नै दोहोरिने उर्जा मन्त्रीको स्पष्टोक्ती

माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर मृत्यु

चकलेट दिएर ९ वर्षीया बालिकालाई बलात्कार, ५४ वर्षीय छिमेकी पक्राउ

भारतको ओडिशामा बाढीले १७ जनाको मृत्यु, हजारौँ प्रभावित

घाम झुल्कनुअघि उठ्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो

मेस्सीलाई अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई ९७ अर्ब तिर्नुपर्ने

samajikkhabar.com