samajikkhabar.com

काठमाडौं : मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ३४ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १ हजार ४ सय ३८ दशमलव ७० अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि राम्रै भएको छ । दिनभर भएका १८९ कम्पनीका २४ हजार १०१ कारोबारबाट ३९ लाख ४० हजार ६ सय ९१ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार सेयर कारोबार रकम १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५ सय १० रुपैयाँ पुगेको छ ।

samajikkhabar.com