samajikkhabar.com

काठमाण्डौ : सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९७ हजार ९ सयमा कायम छ। आइतबार सुन तोलामा ९८ हजार ४ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १३ सय २० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटी हो।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

samajikkhabar.com