samajikkhabar.com

काठमाडौंः  सरकारले बाढी पहिरो तथा प्राकृतिक विपत्तिमामा मृत्यु हुनेका परिवारलाई २ लाख रुपैंया राहत प्रदान गर्ने निर्णय गरेको छ ।

एकै परिवारका धेरै जनाको मृत्यु भएको भए सो २ लाखमा अरु सदस्यका लागि थप १ लाखका दरले सहायता उपलब्ध गराइने भएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषदको निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले धनजनको क्षति भई खानबस्न समेत समस्या रहेका परिवारलाई त्यसका लागि २० हजार रुपैंयाको दरले राहत उपलब्ध गराइने जानकारी दिए ।

त्यसै गरी घाइतेहरुको सम्पूर्ण उपचार खर्च पनि सरकारले ब्यहोर्ने निर्णय गरेको छ । पहिरोबाट पुरै घर ध्वस्त भई नयाँ घर नै निर्माण गर्नुपर्ने अवस्था भए घर निर्माणको सहयोगको लागि सरकारले प्रति परिवार १ लाख सहयोग दिने छ ।

samajikkhabar.com