samajikkhabar.com

काठमाडौं : सुनको भाउमा पुन: गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) का लागि छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार र बुधबार तोलाको १ लाख ४ सय रुपैयाँ कायम थियो । बुधबारको तुलनामा तोलामा १६ सय रुपैयाले सुनको भाउ घटेको हो ।

यस्तै तेजावी सुनको भाउ पनि घटेर तोलाको ९८ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय ६० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको १३ सय ८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उतारचढाव आएसँगै त्यसको असर स्थानीय बजारमा पनि परेको छ । महासंघले अन्तर्राष्ट्रिय मूल्यअनुसारै स्थानीय मूल्यमा सुनको भाउ निर्धारण गर्दै आएको छ ।

samajikkhabar.com