samajikkhabar.com

काठमाण्डाै : सुनको भाउ मङ्गलबार तोलामा दुई हजार रुपैयाँले घटेको छ ।

सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ । 

samajikkhabar.com