samajikkhabar.com

काठमाण्डौ २८ कार्तिक: साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.७९ अंक बढोत्तरी भएको छ । परिसूचकमा झिनो सुधार पश्चात ११३५.९५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.११ अंक घटेर २५०.०७ विन्दुमा अडिएको छ ।
बिहिबार कारोबार समयमा १६३ कम्पनीको २२ करोड ८३ लाख ५७ हजार ४९३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री विक्री भएको छ । बुधबार कारोबार रकम २७ करोड ५४ लाख बराबरको भएता पनि आज कारोबार रकममा समेत गिरावट आएको छ ।

कारोबार कारोबारको अवधिभरिमा सबैभन्दा बढि एनएमबि बैकको ४ करोड २९ लाख बराबरको सेयर खरिदविक्री भएको छ । नेपाल बैक र हिमालयन डिट्रिलरीको १ करोड भन्दा माथिको कारोबारको साथ पाएका छन् ।


यस दिन सबैभन्दा धेरै साल्ट ट्रेडिङ्गका सेयरधनिले ९.९०% ले कमाएका छन् भने पाँचथर पावरका सेयरधनिले ९.६७% कमाएका छन् । यी कम्पनीमा कारोबार सुरु भएको केही समयमा नै सर्किट लागेको थियो ।


सबैभन्दा धेरै गुमाउनेमा ग्लोवल आइएमइ सम्मुनत स्कीम परेको छ । यसका सेयरधनिले ५.६६% गुमाएका छन् ।

samajikkhabar.com