samajikkhabar.com


काठमाण्डौ : बुधबार साना लगानिकर्ता हल्लाको पछि लाग्ने प्रवृति तथा ठुला लगानीकर्ता अझै बजार नछिरेकाले बजारमा आएको चमक टिक्न सकेन । लगानीकर्ताहरु साना रकमको अन्तरमा भाउ लेखा जोखा गर्न तथा केही लगानिकर्ताले मन्त्रिमण्डल फेरबदलको हल्लाको पछि लाग्दा बजार बढ्न सकेको छैन ।


यस दिन नेप्से परिसूचक ४.८० अंक घटेर ११३५.१६ विन्दुमा आईपुगेको छ भने सेन्सेटिभ इन्डेक्स १.३९ अंक घटेर २५०.१८ विन्दुमा अडिएको छ । कारोबार समयमा अल्पकालिन लगानिकर्ता हावी हुदाँ नेप्से इन्डेक्स तथा सेन्सेटिभ इन्डेक्स दुबै घटेको हो ।


बुधबार कारोबार समयमा १५४ कम्पनीको २७ करोड ५४ लाख २७ हजार ८८६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री विक्री भएको छ । कारोबारको अवधिभरिमा सबैभन्दा बढि एनएमबि बैकको ३ करोड १२ लाख बराबरको सेयर खरिदविक्री भएको छ ।


यस दिन सबैभन्दा धेरै साल्ट ट्रेडिङ्गका सेयरधनिले ७.९२% ले कमाएका छन् भने सबैको लघुबित्त, आधिखोला लघुबित्त र मिथिला लघुबित्तका सेयरधनिले ५% भन्दा धेरै कमाएका छन् ।


सबैभन्दा धेरै गुमाउनेमा नेपाल इन्सोरेन्स कम्पनि परेको छ । यसका सेयरधनिले ५.५१% गुमाएका छन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैकले अघिल्लो अघिल्लो बर्ष भन्दा कम लाभांस घोषणा गरेका कारणले ४.३५% ले भाउ घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैकले अघिल्लो बर्षको आम्दानीबाट १९ % लाभांस घोषणा गरेको छ ।

samajikkhabar.com