samajikkhabar.com

काठमाण्डौ ४ मंसिर : बुधबार कारोबार समयको शूरुमा नेप्से परिसूचक करिव १० अंकले बढेको भएतापनि अन्तिम समयमा घटेर बन्द भएको छ । अर्थ–मन्त्री परिबर्तन हुने आशामा रहेका लगानीकर्ताहरुमा एकाएक नकारात्मक हल्ला फैलिए पश्चात इन्डेक्स घट्न थालेको थियो र अन्तत कारोबार बन्द हुदाँ समेत बजारमा त्यसको प्रभाव परिरह्यो । यो समाचार तयार पार्दासम्म मन्त्रीमण्डल परिवर्तन नभएकाले अहिले एकिन भन्न सकिने अबस्था छैन तर बजारमा अर्थमन्त्री परिवर्तन भएमा नेप्से बुलिस ट्रेण्डमा जाने बिज्ञहरुले बताएका छन् ।

बुधबार नेप्से परिसूचकमा १.६५ अंकको गिरावट आएकोे छ । परिसूचक गिरावट पश्चात ११२८.३४ विन्दुमा अडिएको हो । त्यस्तै ०.२५ अंकको गिरावट पश्चात सेन्सेटिभ इन्डेक्स २४८.६७ विन्दुमा पुगेको छ ।

बुधबार कारोबार समयमा १६५ कम्पनीको ३० करोड ३७ लाख २४ हजार २०४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबारको अवधिभरमा सबैभन्दा बढि एनएमबि बैकको ३ करोड ५४ लाख बराबरको सेयर खरिदविक्री भएको छ । त्यस्तै नेपाल बैक र नबिल बैक २ करोड रुपयाँ भन्दा बढिको सेयर किनबेच भएको छ ।


यस दिन सबैभन्दा धेरै साल्ट ट्रेडिङ्गका सेयरधनिले ९.९६% ले कमाएका छन् भने घोडाघोडी लघुबित्तको सेयरधनीले आफ्नो सम्पति ९.९२% ले बढाएका छन् ।


सबैभन्दा धेरै गुमाउनेमा रिडि हाइड्रोपावर कम्पनि परेको छ । यसका सेयरधनिले ६.६७% गुमाएका छन् ।

samajikkhabar.com