samajikkhabar.com

पाकिस्तानमा गोलभेडाको मूल्यबाट जनता चिन्तीत हुन थालेका छन् । त्यहाँकाे प्रमुख शहरहरूमा गोलभेडा प्रितिकलाे ३०० रुपए (पाकिस्तानी मुद्रा) पुगेको छ। स्थानिय संचारमा माध्यमका अनुसार कयौँ मानिसहरुले आफ्नो घरमा गोलभेडाको प्रयाेग नै छोडिसकेको बताइएको छ ।

पाकिस्तानमा मूल्य बढेसँगै गोलभेडा लुट्ने घटना पनि बढिरहेको छ । लुटेराहरुबाट बच्नका लागि पाकिस्तानका किसानले आफ्नो खेतमा हतियार सहितका सुरक्षाकर्मी तैनाथ गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

साथै इमरान खानका आर्थिक सल्लाहकारले कराचीमा गोलभेडाको मूल्य १७ पाकिस्तानी रुपैयाँ मात्र रहेको दाबी गरेका थिए तर पछिल्लो समय सामाजिक सञ्जालमा याे प्रकारकाे सरकारकाे दावी मजाक मात्र बनिरहेको छ। 

-एजेन्सी

samajikkhabar.com