samajikkhabar.com

काठमाण्डौ ३ मंसिर : मंगलबार नेप्से परिसूचकमा १.१४ अंकको गिरावट आएकोे छ । परिसूचक गिरावट पश्चात ११२९.९९ विन्दुमा अडिएको हो । त्यस्तै ०.३१ अंकको बढोत्तरी पश्चात सेन्सेटिभ इन्डेक्स २४८.९२ विन्दुमा पुगेको छ । राम्रा कम्पनिको सेयर कारोबारमा चाप देखिए पश्चात सेन्सेटिभ इन्डेक्समा हरियाली छाएको हो ।

मंगलबार कारोबार समयमा १६३ कम्पनीको २५ करोड ९३ लाख ३० हजार ५९५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबारको अवधिभरमा सबैभन्दा बढि एनएमबि बैकको ३ करोड २० लाख बराबरको सेयर खरिदविक्री भएको छ । त्यस्तै एनएमबि बैकको प्रमोटर सेयर २ करोड ४ लाख नेपाल बैक, मुक्तिनाथ विकास बैकको प्रमोटर सेयर, नबिल बैक, सोल्टी होटल तथा हिमालयन डिट्रिलरीको १ करोड रुपयाँ भन्दा बढिको सेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकमको गिरावट संग–संगै कारोबार समयमा देखिने मार्केट डेप्थको आधारमा लगानीकर्ता अझै पनि पर्ख र हेरको अबस्थामा रहेको आँकलन गर्न सकिन्छ । केही दिन अघि मन्त्रीमण्डलको हेरफेरको चर्चासंगै कारोबार रकमा बढोत्तरी भएतापनि त्यसले निरन्तरता लिन सकेको छैन ।

यस दिन सबैभन्दा धेरै साल्ट ट्रेडिङ्गका सेयरधनिले १०% ले कमाएका छन् भने घोडाघोडी लघुबित्तको ९.८५%, नेपाल हाइड्रो डेभलर्भस कम्पनिको ९.३७%, ङाडी गु्रूप पावर कम्पनिको ९.१८% ले सेयर मूल्य बढेकोे हो । युनिभर्सल पावर कम्पनि, जोशी हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुबित्तका सेयरधनीले आफ्नो सम्पति ५% भन्दा बढि बढाएका छन् ।


सबैभन्दा धेरै गुमाउनेमा सिन्धु विकास बैंक परेको छ । यसका सेयरधनिले ७.९३% गुमाएका छन् । त्यस्तै अरुण काबेली पावर लि. र अरुण भ्याली हाइडो पावर डेभलपमेन्ट कम्पनिका सेयरधनिले क्रमश ४.८% र ४.०८% ले सम्पति गुमाएका छन् ।

samajikkhabar.com