samajikkhabar.com

काठमाण्डौ २ मंसिर : साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ०.२४ अंक र सेन्सेटिभ इन्डेक्स ०.५३ अंकले गिरावट आएकोे छ । परिसूचकमा गिरावट पश्चात ११३१.१३ विन्दुमा र सेन्सेटिभ इन्डेक्स २४८.६१ विन्दुमा अडिएको हाे ।

साेमबार कारोबार समयमा १६० कम्पनीको ३५ करोड ६८ लाख ६१ हजार ८५७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री विक्री भएको छ । कारोबारको अवधिभरिमा सबैभन्दा बढि नेपाल बैकको ८ करोड ३९ लाख बराबरको सेयर खरिदविक्री भएको छ । नेपाल बैकले गत वर्षको आम्दानीबाट शेयरधनीलाई २५% लाभांस दिने प्रस्ताव गरेको छ । नेपाल बैकले २३ वर्षपछि लाभांस घोषणा गरेको कारणले लगानिकर्ता आकर्षित भएका हुन् ।


यस दिन सबैभन्दा धेरै साल्ट ट्रेडिङ्गका सेयरधनिले ९.९३% ले कमाएका छन् भने घोडाघोडी लघुबित्त ९.९०% कमाएका छन् । यी कम्पनीमा कारोबार सुरु भएको केही समयमा नै सर्किट लागेको थियो ।


सबैभन्दा धेरै गुमाउनेमा युनिभर्सल पावर कम्पनि परेको छ । यसका सेयरधनिले ५.४% गुमाएका छन् ।

samajikkhabar.com