samajikkhabar.com

काठमाण्डौ १ मंसिर : बजारले कारोबार रकमको सन्तोषजनक साथ पाउदाँ पाउदै पनि इन्डेक्स भने बढ्न सकेको छैन । आइतबार बजारमा पहिलो त्रैमासमा राम्रो प्रगति गर्न एनआइसी एसिया बैक, सेन्चुरी बैक तथा पाचथर पावर कम्पनिको सेयर कारोबारमा सकारात्मक बढोतरी भएको थियोे ।


साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४.५९ अंक र सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले गिरावट आएकोे छ । परिसूचकमा गिरावट पश्चात ११३१.३६ विन्दुमा र सेन्सेटिभ इन्डेक्स २४९.१४ विन्दुमा अडिएको छ ।


आइतबार कारोबार समयमा १६३ कम्पनीको ३५ करोड ५१ लाख ५९ हजार ७६८ रुपैयाँ बराबरको सेयर खरिद बिक्री विक्री भएको छ । कारोबारको अवधिभरिमा सबैभन्दा बढि शिभ्म सिमेन्टको ४ करोड ४ लाख बराबरको सेयर खरिदविक्री भएको छ । एनआइसी एसीया, एनएमबि बैक र नेपाल बैकले ३ करोड भन्दा माथिको कारोबारको साथ पाएका छन् ।


यस दिन सबैभन्दा धेरै साल्ट ट्रेडिङ्गका सेयरधनिले ९.९६% ले कमाएका छन् भने घोडाघोडी लघुबित्त र पाँचथर पावरका सेयरधनिले क्रमश ९.८७% र ९.८०% कमाएका छन् । यी कम्पनीमा कारोबार सुरु भएको केही समयमा नै सर्किट लागेको थियो ।


सबैभन्दा धेरै गुमाउनेमा शिभम् सिमेन्ट परेको छ । यसका सेयरधनिले ९.९७% गुमाएका छन् । पहिलो त्रैमासको विवरण प्रकाशन पश्चात शिभम् सिमेन्टका सेयरधनिले अत्याधिक सेयर बेचेका कारणले धेरै कारोबार तथा नकारात्मक सर्किट लागेको हो ।

samajikkhabar.com