samajikkhabar.com

साताको तेस्रो अर्थात मंगलबारको कारोबार दिन नेप्से परिसूचक ५.६१ अंक घटेर ११३९५.९६ विन्दुमा आईपुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.७३ अंक घटेर २५१.५७ विन्दुमा अडिएको छ । कारोबार समयमा अल्पकालिन लगानिकर्ता हावी हुदाँ नेप्से इन्डेक्स तथा सेन्सेटिभ इन्डेक्स दुबै घटेको हो । अघिल्लो दिन नेप्से सुचक १३.७७ अंकको बढोत्तरी भएका कारण आज करेक्सन भएको हो ।


मंगलबार कारोबार समयमा १६१ कम्पनीको ३७ करोड ९८ लाख ४९ हजार ४३५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री विक्री भएको छ । कारोबारको अवधिभरिमा सबैभन्दा बढि हिमालय डिट्रिलरीको ७ करोड ९७ लाख बराबरको सेयर खरिदविक्री भएको छ । हिमालय डिट्रिलरीले आर्थिक वर्ष २०७५—०७६ को आम्दानिबाट १०२% लाभांस प्रस्ताब गरेका कारणले यसको मूल्यमा ७.५४ % को बढोत्तरी सहित कारोबार उच्च भएको हो ।


यस दिन सबैभन्दा धेरै हिमालय डिट्रिलरीको सेयरधनिले ७.५४% ले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा जोशी हाइड्रोपावर परेको छ । यसका सेयरधनिले ५.०८% गुमाएका छन् ।

samajikkhabar.com