samajikkhabar.com
artha-mantralaya

चालु आर्थिक वर्षमा एक हजार रुपैयाँ कायम गरिएको स्थायी लेखा नम्बर (प्यान) को आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी सीमा बढाइएको छ। सरकारले दुई हजार रुपैयाँ भन्दा बढी खर्चमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको हो ।

अर्थमन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७७ र ७८ को लागि लागू हुने गरी सैद्धान्तिक सहमति दिएको छ।

चालु आर्थिक वर्षमा सरकारले आयकर ऐन, २०५८ को दफा २१ मा प्यान उल्लेख नभएको एक हजार रुपैयाँभन्दा बढी मूल्यको बिजक वापतको खर्च कट्टी गर्न नपाइने व्यवस्था गरेको छ।

तीन हजार रुपैयाँसम्म ज्याला दिँदा प्यान नचाहिने

आगामी आर्थिक वर्षदेखि व्यावसायिक प्रयोजन बाहेकका व्यक्तिसँग गरिने घरायसी प्रकृतिका मालवस्तुको खरिदमा प्यान नचाहिने भएको छ। साथै व्यावसायिक कारोबार नगर्ने कृषकसँग सोझै गरिने कृषिजन्य, वनजन्य र पशुजन्य वस्तुको खरिद गर्दा प्यान आवश्यक नपर्ने निर्णयमा उल्लेख छ।

यसअघि व्यावसायिक कारोबार नगर्ने व्यक्ति समेत मर्कामा परेको भन्दै विरोध भएको थियो।

samajikkhabar.com