samajikkhabar.com


साताको दोस्रो अर्थात सोमबारको कारोबार दिन नेप्से परिसूचक १३.७७ अंक बढेर ११४५.५७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ३.२८ अंक बढेर २५२.२९ विन्दुमा पुगेको छ । कारोबार समयमा राम्रा कम्पनीमा लगानिकर्ता झुम्मिएका कारण नेप्से इन्डेक्स तथा सेन्सेटिभ इन्डेक्स दुबैमा सकारात्मक बढोत्तरी भएको हो ।

केहीदिन यता मन्त्रीमण्डल परिबर्तनको हल्लाका कारण कारोबार रकम दिनप्रतिदिन बढि रहदाँ बजार बुलिस ट्रेन्डमा जान सक्ने सम्भावना रहेको छ ।

सोमबार कारोबार समयमा १७५ कम्पनीको ५४ करोड ९९ लाख ९८ हजार २४१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री विक्री भएको छ । कारोबारको अवधिभरिमा सबैभन्दा बढि एनएमबि बैंकको १३ करोड ९२ लाख बराबरको सेयर खरिदविक्री भएको छ । एनएमबि बैंकले आर्थिक वर्ष २०७५—०७६ को आम्दानिबाट ३५% लाभांस प्रस्ताब गरेका कारणले यसको मूल्यमा ७.५८ % को बढोत्तरी सहित कारोबार उच्च भएको हो ।

यस दिन सबैभन्दा धेरै हिमालय डिट्रिलरीको सेयरधनिले ९.९७% ले कमाएका छन् भने सबैको लघुबित्त, रिडि हाइड्रोपाबर, आखुखोला हाइड्रो र राधी बिधुत्तका सेयरधनिले ९% भन्दा माथि आफ्नो सम्पति बढाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा एनआइबि एसएफ१ परेको छ । यसका सेयरधनिले ५.७७९% गुमाएका छन् ।

samajikkhabar.com