samajikkhabar.com

साताको पहिलो अर्थात आइतबारको कारोबार दिन नेप्से परिसूचक ०.१८ अंक घटेर ११३१.८० विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.६९ अंक बढेर २४९.०१ विन्दुमा पुगेको छ । कारोबार समयमा राम्रा कम्पनीमा लगानिकर्ता झुम्मिएका कारण सेन्सेटिभ इन्डेक्समा सकारात्मक बढोत्तरी भएको हो ।

केहीदिन यता मन्त्रीमण्डल परिबर्तनको हल्लाका कारण कारोबार रकम स्थीर रहदाँ बजार बुलिस ट्रेन्डमा जान सक्ने सम्भावना रहेको आम लगानिकर्ताको भनाइ रहेको छ ।

बिहिबार कारोबार समयमा १६३ कम्पनीकोे १० लाख ८ हजार ८ सय ९ कित्ता सेयर बराबरको २९करोड ३१ लाख ४९ हजार ४४ रुपैयाँ विक्री भएको छ । कारोबारको अवधिभरिमा एनएमबि बैंकको १ लाख ६२ हजार २ सय ९ कित्ता बराबर ५ करोड ७४ लाख बराबरको सेयर खरिदविक्री भएको छ ।

यस दिन सबैभन्दा धेरै सर्पाट माइक्रोफाइन्सकाको सेयरधनिले ४.४५% ले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा रैरा¨ हाइड्रोपावर कम्पनी लि. परेको छ । यसका सेयरधनिले ४.८% गुमाएका छन् ।

samajikkhabar.com