samajikkhabar.com
nepse loss

साताको पाँचौं अर्थात अन्तिम कारोबार दिन नेप्से परिसूचक ६.०५ अंक घटेर ११३१.९७ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १.४० अंक घटेर २४८.३२ विन्दुमा पुगेको छ । बिहिबार कारोबार समयमा १६३ कम्पनीकोे १२ लाख ९६ हजार ८ सय ७७ कित्ता सेयर बराबरको ३७ करोड ४१ लाख ५० हजार ५७१ रुपैयाँ विक्री भएको छ ।

कारोबारको अवधिभरिमा एनएमबि बैंकको ३ लाख २८ हजार १ सय ५१ कित्ता बराबर ११ करोड २६ लाख ४३ हजार २ सय ७३ रुपैयाँको सेयर खरिदविक्री भएको छ । एनएमबि बैंक ओम डेभल्पमेन्ट बैकसंगको मर्जर पश्चात बिहिबार मात्र कारोबार भएको हो ।

यस दिन सबैभन्दा धेरै साल्ट ट्रेडि¨को सेयरधनिले ९.९६% ले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा रिडी हाइड्रोपावर कम्पनी लि. परेको छ । यसका सेयरधनिले ५.१९४% गुमाएका छन् ।
अब बजार आइतबार मात्र खुल्ने छ ।

samajikkhabar.com