samajikkhabar.com
kpoli

प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमीन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई बुधबार ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै उनले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएको पहलबारे पनि जानकारी दिए।

‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ। मलाई जमिन, सिँचाई र उत्पादनबारे राम्रोसँग थाहा छ’, उनले भने, ‘सिँचाई र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमाम पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ।’

‘हामीले प्रधानमन्त्री कृषि आधुनिकरण लगायतका कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौं। हाम्रो संयन्त्र र विज्ञलाई जमिनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौं’ उनले थपे, ‘सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै हैन धेरै उत्पादन गरी बजारीकरणहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ। कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ।’

देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाई गर्न महासङ्घका केन्द्रीय नेताहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने उल्लेख गरे।

samajikkhabar.com