samajikkhabar.com

ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाले भरिपुर्ण रहेको काठमाण्डौँ उपत्यकाका संरचनाहरु उचित संरक्षण तर्फ कसैको ध्यान नजाँदा धेरै सम्पदाका संरचना लोपहुने अवस्थामा छन् । यस्तै लूप्तताको संघारमा काठमाण्डौ उपत्यकाका ढुंगेधारा (हिटी) पुगेकाछन् । काठमाण्डौँ ललितपुर र भक्तपुरवासिको तिर्खा मेट्दै आएका ढुंगेधारा उचित संरक्षणको अभावमा आफैँ प्यासि बनेका छन् ।

Image result for ढुंगेधारा
ढुङ्गेधारा

कलात्मक तथा सांस्कृतिक पहिचान बोकेका ढुङ्गेधारा व्यवस्थापन गर्ने कतिपय हिटी नासिइसकेका छन् । कतिपय हिटी मासिने खतरामा छन् । पहिले पहिले उपत्यकाका बस्तीहरु टारमा थिए । खोलानाला तल हुन्थे । टारमा पानी पुर्‍याउने विकल्पको रुपमा यो हिटी प्रणालीको विकास भएको थियो ।

लिच्छवीकालीन समयमा काठमाण्डौ उपत्यकामा पानीको सहज व्यवस्थापनका लागि हिटी प्रणालीको विकास गरिएको थियो । काठमाण्डौ, भक्तपुर र ललितपुरमा सयौं ढुंगेधारा थिए । यहाँका बासिन्दाले यही हिटी प्रणालीमार्फत नै पानीको उपभोग गरिरहेका थिए ।

तर पछिल्लो समय पाश्चात्य तरिकाबाट पाइप तथा डिप बोरिङको कारणले यस्ता धाराको बिस्तारै लोप हुने क्रम सुरु भएको शहरी योजनाविद् पद्मसुन्दर जोशी बताउनुहुन्छ ।

यो प्रणालिलाई कसरी सुरु गरिएको थियो र यसलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सरकारी पक्षको ध्यान नभएकोले पनि यस्ता पुरातात्विक महत्वको संरचना लोपहुने संघारमा छन् ।

samajikkhabar.com