samajikkhabar.com

 जुन १४ मा सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरे । उनको आत्महत्याले बलिउडमा तरंग ल्याएको छ ।बलिउडमा नेपोटिज्म (नातावाद), ड्रग्सको कारोबार र गुप्रिजमबारे बहस भइरहेको छ । सीबीआई (केन्द्रीय जाँच ब्यूरो) ले सुशान्तकी प्रेमिकासहित अन्य केहीलाई आरोपी मान्दै अनुसन्धान गरिरहेको छ ।

सुशान्तको केशमा एकपछि अर्को ट्वीस्ट आइरहेको छ । प्रहरीले सुशान्तको आत्महत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

यतिबेला भने दिवंगत सुशान्तले लेखेको एक नोट शेयर भएको छ । जसका अनुसार सुशान्त परिवारका साथ समय बिताउन चाहने लेखिएको छ ।

अप्रिल २०१८ को उक्त नोट एक फार्म हाउसमा भेटिएको जनाइएको छ ।

सुशान्तले कृति सेननसँग समय बिताउन चाहेको र चुरोट छोड्न चाहेको उक्त नोटमा लेखेका छन् । भारतीय मिडियाहरुले उल्लेख गरेअनुसार उक्त नोटमा सुशान्तले आफ्नो दैनिकीका बारेमा पनि लेखेका छन् ।

नोटमा उनले केदारनाथ फिल्मको स्किृप्ट पढ्न चाहेको कुरा पनि लेखेका छन् । सुशान्तले उक्त नोटमा फिजिक्स, आफ्नो सपना र खुशीका बारेमा लेखेका छन् ।

सुशान्त र कृति राम्रा साथी थिए । एक समय यस्तो पनि थियो, यी दुईले डेटिङ गरेको पनि सुन्ने गरिन्थ्यो ।

samajikkhabar.com