samajikkhabar.com

कोरोना सम्बन्धी श्री नारायणप्रसाद न्याैपानेले लेख्नुभएको कबिता यहाँ प्रस्तुत गरिएको छ।

न कैले साेचेकाे न त अरु कसैले बुझिलेकाे
न कैले देखेकाे न त अरु कसैले चिनिराकाे ।
नयाँ काेराेना यो उडुससरिकाे जीउ भरिमा
कहाँदेखि अायाे अजिवबनि यो विश्वभरीमा ।।

कतै तेरो मेरो नभनिकन यो दीप जलायाे
डसेरै मार्ने भाे जहरसरिकाे त्रास फिजाई ।
न सानाे ठूलो क्यै नगरिकन यो बाँस जमायाे
अहाे ! काेराेनाले डसिकन सबै घात गरायो ।।

न राजा भन्ने यो न त अरु कुनै जात जनायाे
न तेरो मेरो क्यै नभनिकन यो त्रास फिजायाे ।
बुढा पाका सारा जन र धनकाे खाग बनायाे
उदायाे काेराेना मनुज सबकाे हाेस उडायाे ।।

म हू भन्ने जाली सुजन सवकाे रूप बुझाई
कुनाकाप्चा खाेज्दै बसिकन जहाँ राप फिजाई ।
डसेरै मार्ने भाे अजिव अणु याे काेभिड बनी
उठीबासै गर्ने कथित जनकाे काल बनाई ।।

गराै हामी सारा वरपर सफा शुध्द बनाई
घरै बस्ने गर्दै नजिक नबसी अाट बढाई ।
बसाै हासी खुशी घर परिवारै वीच रमाई
नछाेड्ने काेराेना अजिव राेगकाे गाउँ धपाई ।।

जुटाै हामी सारा नगर सवमा बन्धु जनाई
समाऊ राेगीकाे हृदय विचमा भाव जनाई ।
न तेरो मेरो यो नगरिसवकाे साथ जनाई
बढाै हामी सारा जुटिकन सबै राेग धपाई ।।

नारायणप्रसाद न्याैपाने
सुनवल १२ नवलपरासी
हाल काठमाडौं

samajikkhabar.com