samajikkhabar.com

नेपाल सरकारले नेपाललाई मासुमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । हालको माग हेर्नेहो भने प्रती एक नेपाली बराबर १४ केजि मासुको आवश्यकता पर्दछ तर हालको नेपाली उत्पादनले मात्र १० किलो मात्र पुर्ति भएको छ । यो तथ्यांकको अनुसार प्रति नेपाली ४ के जि मासुको पुर्तिको लागि मासु आयात गर्नु पर्ने देखिन्छ । नेपाको कुल जनसंख्या लाख २०६८ अनुसार ३,५९,९७,१९४ रहेको छ । र नेपालमा कुल मासु उत्पादन अनुमानित ३,५९,९७१ टन मासु मात्र उत्पादन भएको देखिन्छ । यसलाई नै सहि तथ्यांक मान्ने हो भने पनि १,४३,९८८ टन मासु अपुग हुने देखिन्छ अर्थात आयत गर्नुपरेको छ । यो माग धान्न नेपालले वर्षेनि भारत बंगलादेश जस्ता मुलुकबाट खसि, बोका, राँगा, च्याङग्रा, कुखुरा आदि पशु पंक्षि आयत गर्दै आएको छ ।
नेपालका करिब ८० प्रतिशत जनसंख्या कृषिमा आश्रित छन्, त्यसको पनि करिव ५० प्रतिशत पशुपालनमा आश्रित छन् । तर उत्पादन भने देशकै माग धान्न सक्ने खालको छैन । सरकारले यदि यो लक्ष्य भेट्टाउने हो भने मासु जन्य पशुपालनमा भएका कृषकका समस्या र जटिलतालाई समाधान गरि उत्पादन बढाउने खालका कार्यक्रम ल्याउन आवश्यक छ । यदि किसानले उत्पादन गरेका वस्तुले उचित मुल्य र बजार न पाउने हो भने अहिले उत्पादन भैरहेको परिमाण पनि गुम्ने खतरा देखिन सक्छ ।
वसोवासका लागि शहर र सुख सुबिधा खोज्ने परिपाटी अन्त्य गर्नको लागि सरकारले ग्रामिण भेगमा पनि अत्यावश्यक पुर्वाधार जस्तै बाटो स्कुल अस्पताल र उत्पादित बस्तुको उचित बजारको ब्यबस्था गर्नु आवश्यक छ । कृषिमा आश्रय लिइरहेका किसानहरुले कृषिबाट नै आफ्नो जिवन स्तर उकास्न सक्ने वातावरण मिलाउन सकियो भने सरकारले लिएको यो लक्ष्य पुराहुन असहज भने छैन ।
दैनिक दशौँ हजारको मात्रामा युवाहरु विदेश पलायन भैरहेका छन् । यो क्रम यदि अझै नरोकिने हो भने कृषिमा मात्र होईन कुनै पनि क्षेत्रमा जनशक्तिको अभावको कहिल्यै अन्त्य हुन सक्दैन । अन्ततः यदि देशलाई मासु या अन्य कुनै पनि उत्पादनमा आत्मनिर्भर बनाउने हो भने पहिले युवाहरुलाई देशमै बस्ने वातावरण बनाउनु आवश्यक छ ।

meat production in nepal
के नेपाल मासुमा आत्मनिर्भर बन्ला त ? – singhadurbardaily/bichar
samajikkhabar.com