samajikkhabar.com

हेटौंडा : कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाद्वारा आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत दोलखा, रसुवा, सिन्धुपाल्चोक , रामेछाप, धादिङ जिल्लामा पचास प्रतिशत साझेदारीमा बृहत्तर स्याउ विकास तथा विस्तार गर्ने भएको छ ।

यसका लागि कम्तिमा ५ रोपनी जग्गा भएका र प्रति रोपनी १५० विरुवा लगाउन इच्छुक कृषि फर्म, कृषि कम्पनी, कृषक, कृषक समूह, कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवेदन दिन सक्नेछन् । जसमा आजका मितीबाट ९ दिन भित्र आवेदन बुझाईसक्नु पर्नेछ ।

notice-pradesh-3-krishi-syau

samajikkhabar.com