samajikkhabar.com

काठमाडौं, माघ २२ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाविरुद्वका सबैखाले हिंसाको कारण गरिबी भएको बताएका छन् ।महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले संयुक्त रुपमा बुधबार  ललितपुरमा गरेको कार्यक्रममा उनले गरिबीको अन्त्यसंगै सबै खाले विभेदको अन्त्य हुने बताए ।

राजनीतिज्ञ, प्रशासक, अधिकारकर्मी, नागरिक समाज, कानूनविद् सबैका कमी–कमजोरी रहेको भन्दै सच्याएर अघि बढेमात्र परिर्वतन सम्भव हुने मन्त्री गुरुङको भनाइ छ ।महिलाविरुद्धको हिंसा अन्त्यका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो । मन्त्री गुरुङले केही महिलाहरु पदमा पुग्दैमा मात्र मात्र परिवर्तन हुने नभई ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा पनि परिवर्तनको खाँचो रहेको औंल्याए ।

महिला अधिकारकर्मी बन्दना राणाले महिलाविरुद्धको हिंसा र वेइजिङ घोषणापत्र तथा कार्यान्वयनका सम्बन्धमा सबैको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिइन् ।महिला हिंसाका घटना बढ्दै जानु चुनौतीको रुपमा रहेको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।कार्यक्रममा सहभागीहरुले आर्थिक स्रोत साधानमा महिलाहरुको पहुँच सुनिश्चित नगरेसम्म उनीहरुको विकासमा मद्यत नपुग्ने धारणा राखेका थिए ।

samajikkhabar.com