samajikkhabar.com

कञ्चनपुर । कञ्चनपुरमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि समस्या नभइ समाधान बन्ने बताएका छन ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सफारीका लागि बेल्डाँडी प्रवेशद्धारको शिल्यास गर्दै मन्त्री बस्नेतले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरीपूर्ण भएकाले यसक्षेत्रका बासिन्दाका लागि अब शुक्लाफाँटा जीवनयापनको माध्यम बन्ने बताएका हुन ।

उनले शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण रहेको बताउदै बाह्य पर्यटक भित्र्याउनका लागि सरकारले यसलाई खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने लक्ष्य राखेको बताए । मन्त्री बस्नेतले मध्यवर्ती क्षेत्रका स्थानीय जंगली जनावरबाट प्रताडीत रहेकाले सरकारले त्यसको व्यवस्थापनका लागि नयाँ नीति तथा कार्यक्रम ल्याएको जानकारी दिए ।

samajikkhabar.com