samajikkhabar.com

दाङ — चिसो बढेपछि घोराही र तुलसीपुर उपमहानगरपालिकामा दुई दिन विद्यालय बन्द गरिएको छ ।

वर्षे बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सिता सिग्देल न्यौपानेले बताउनुभयो ।

लगातार पानी परेर चिसो बढेपछि बालबालिकाको समस्यालाई मध्यनजर गरी दुई दिन बिदा गरिएको तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज बिश्वकर्माले बताए ।

samajikkhabar.com