samajikkhabar.com

चार दिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो काठमाडौं आइपुगेका राष्ट्रपति हमिदले आज भक्तपुरको विश्व प्रसिद्ध तथा ऐतिहासिक स्थलको भ्रमण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल आएका हुन् ।

राष्ट्रपति हमिदले अपरान्ह ४ बजे विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको दरबार क्षेत्र र तःमारहीस्थित ङातापोल्हँ मन्दिरको अवलोकन गरेका हुन् । उनि नेपाली सेनाको हेलिकोप्टर मार्फत भक्तपुरको सैनिक स्कुलसम्म आएका थिए । त्यहाँबाट गाडीमा दरबार क्षेत्रसम्म आएका हुन् । उनको स्वागत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए । राष्ट्रपति हमिदको स्वागतका लागि दरबार क्षेत्रमा माक प्वाखँ अर्थात बाँदर नाच र तःमारहीको दवलीमा देवीनाच देखाइएको थियो ।

samajikkhabar.com