samajikkhabar.com
lipulekh-kalapani

नेपालको सिमा क्षेत्रबाट कति जङ्गे पिलर हराए यसको लेखाजोखा कसले राख्ने ? हालसालै भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्‍यो जसमा नेपालको लिपुलेक र कालापानि पनि समेटिएको छ । तर भारतले भने भारतीय नक्सामा नेपाली भूमी परेको छैन भन्दै छ । तर उक्त भु-भाग नेपालको नक्सामा पनि छ । एउटै जमिन कसरी दुई देशको नक्सामा हुन सक्छ ? लिपुलेक र कालापनि क्षेत्रमा वि.सं. २०१८ सालमा जनगणना गरेको तथ्य नेपाल सरकारसँग छ । स्पस्टसँग देखिने गरि उक्त क्षेत्र नपालको नक्सामा पनि छ ।

६ दशक देखि नेपाली भूमीमा भारतीय सैनिक परिचालित हुँदा पनि नेपाल सरकार मौन छ । एसको पछाडि कस्तो राजनैतीक स्वार्थ हुन सक्छ ? भारत सिमामा मात्र होईन हरेक क्षेत्रमा नेपालमाथि हावि हुदै आएको छ । करिव २ वर्ष अगाडि भारतले गरेको नोट बन्दि पछि भुटानसँग भएको भारु फीर्ता लगेको छ तर नेपालमा भएको नोट अझ सम्म लगेको छैन । त्यसको लागि नेपाल सरकारले कस्तो पहल गर्‍यो यदि पहल गरेको भए आज सम्म नेपालमा रहेको भारु किन फिर्ता भएन ?

भारतले हालै जारी गरेको नक्सामा काली नदीलाई आफ्नो भूभागमा पारेपछि दुई देशबीच पुनः विवाद उत्पन्न भएको हो । कालापानी भनिने तिल्सी नजिकको सानो पानीको मुहानलाई काली नदी (कृत्रिम) भनेर देखाउँदै आएको भारतले पछिल्लोपटक जारी नक्सामा भने लिम्पियाधुरातिरबाट आउने नदीलाई काली नदी भनेको छ ।

काली नदीको उद्गमस्थल लिम्पियाधुरा हो । सन् १८५६ अघिका नक्सा, सन्धिसम्झौता र दस्ताबेजदेखि ऋषिमुनिका भनाइका आधारमा समेत काली नदीको उद्गम लिम्पियाधुरा स्पष्ट छ । सुगौली सन्धिको धारा ५ अनुसार नेपालको पश्चिमी सीमा काली नदी हो । जुन नदीको वास्तविक उद्गम दार्चुलाको व्यास गर्खाअन्तर्गत पर्ने लिम्पियाधुरा हो । सुगौली सन्धिपछि तत्कालीन इस्ट इन्डिया कम्पनी सरकाराद्वारा प्रकाशित सबै नक्सामा कालीको मुहान लिम्पियाधुरा नै देखाइएको छ।

सन् १८५६ पछि भने ब्रिटिस इन्डियाले नेपालको पश्चिमी सीमामाथि नक्सामार्फत अतिक्रमण गर्न थालेको थियो । कम्पनी सरकारले सन् १८५६ पछि प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने काली नदीलाई कुटिङ्याङ्दी र लिपुलेक पश्चिम गिरफुबाट आउने खाँयंक्ति (लिपुखोला) लाई काली लेख्न सुरु गरेको हो ।

सीमा अध्येताहरूले भारतले काली नदीको यथार्थ स्वीकारेका कारण कूटनीतिक पहल र दबाब दिएर लिम्पियाधुरासम्मकै भू-भाग फिर्ता ल्याउनुपर्ने बताएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट तत्काल भारतीय सेनालाई भारतले फिर्ता बोलाउनु पर्दछ । विज्ञहरुले पनि सुगौली सन्धिले कालीपारिसम्मको भूभाग नेपालको हो भनेर स्पष्ट रहेको बताएका छन् । सुघौलि सन्धिपछिका सम्पुर्ण दस्ताबेज हेर्ने हो भने यी क्षेत्रहरु नेपालकै हो भनेर स्पस्ट छ ।

२०११ सालको जनगणनाले ब्यास गर्खाका ६ गाउँको घरधुरी संख्या चार सय ३४ तथा कुल जनसंख्या एक हजार आठ सय १६ देखाएको छ । २०१८ सालमा ब्यास क्षेत्रका गुञ्जी, नाबी, कुटी, तिंकर र छाँगरु गाउँको जनगणना गरिएको थियो । जनगणना अधिकृतका रूपमा खटिएका अग्रज पत्रकार भैरव रिसालले सुगौली सन्धिपछि लिम्पियाधुरा क्षेत्रका जनताले नेपालमै तिरो तिर्ने गरेको बताए । यो बाट के स्पस्ट हुन्छ भने यो नेपालकै भुमी हो र यहाँका जनता नेपाली हुन।

यी लगायत अन्य दस्ताबेज हेर्ने हो भने पनि पछिल्लो समय भारतीय नक्सामा समेटिएको भुमि नेपालको हो भनेर संका गर्नु पर्ने कुनै कारण देखिँदैन । तसर्थ गुमेको नेपालको भुमी पुनः नेपालमै फिर्ता ल्याउने नेपाल सरकारले तत्काल कदम चाल्न आवश्यक छ । भारतसँग राजनीतिक कौसलता प्रयोग गरेर नेपाली भूमीमाथि भारतीय चलखेल बन्द गर्नु पर्दछ । सम्पूर्ण नेपाली जनताको लागि नेपाली भूमीमा भारतीय सैनिक अखडा सैह्य छैन यो कुरालाई नेपाल सरकारले बुझ्नु आवश्यक छ ।

samajikkhabar.com