samajikkhabar.com
अर्थमन्त्री खतिवडा

सरकारले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई अनिवार्य रुपमा स्वदेशी कपडा लगाउन बाध्य हुने गरी सार्वजनिक खरीद ऐन संशोधन गर्न लागिएको जानकारी दिनुभएको हो ।

गुणस्तरीय उत्पादन र सहज मूल्य कायम गर्न पनि स्वदेशी उद्यमीहरुलाई उहाले सचेत गराउनुभयो। बिहीबारबाट काठमाण्डौमा सुरु भएको ‘यार्न एण्ड टेक्सटाइल एक्स्पो–२०१९’ को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले स्वेदशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारले १५ प्रतिशत संरक्षण दिने व्यवस्था गरेको पनि बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु भाडामा लिन पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो । उहाँले हेटौँडा कपडा कारखाना र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिने सहमति गरिएको र केही दिनभित्रै त्यसलाई मन्त्रिपरिषदबाट पारित गराउने जानकारी दिनुभयो ।

अर्थमन्त्री खतिवडाले सरकारले स्वेदशी उत्पादनलाई प्रोत्साहन दिन भन्सार दरहरुमा पनि सहुलियत दिइएको बताउनुभयो ।

samajikkhabar.com