samajikkhabar.com

काठमाडौं : मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार भने कायम रहन सकेन । बुधबार नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ८५ दशमलव २८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १६ अंकले घटेको छ । केही दिन यता लगातार बढिरहेका दुई कम्पनीहरु महिला लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको सेयर मूल्य बुधबार पनि उच्च अंकले बढेको छ ।

महिला लघुवित्तको आईपीओ सूचीकृत भएसँगै शुरु भएको बढ्ने क्रम अझै जारी छ । बुधबार महिला लघुवित्तको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ८ सय ४१ रुपैयाँ पुगेको छ । विशाल बजारको पनि ९ दशमलव ९९ प्रतिशतले नै बढेर प्रतिकित्ता ४ हजार ६ सय ३६ रुपैयाँ पुगेको छ ।

यी हुन् आज धेरै कमाउने र गुमाउने कम्पनीहरुः

samajikkhabar.com