samajikkhabar.com

काडमाडौं : रु रु जलविद्युत परियोजनाको आइपीओ बाँडफाँट भएको छ ।

आइपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो । यसमा ३७ हजार ९१६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

यसरी बाँडफाँट गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका मध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ ।  

रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५३५ जना आवेदकको आवेदन रद्द भएको छ ।

रु रु जलुविद्युतले चैत २० गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १२० रुपैयाँको दरमा कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो । 

यसमा मागभन्दा ६१.६५ गुणा बढी आवेदन परेको थियो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ ।

साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/  बाट पनि रिजल्ट हेर्न सकिन्छ । 

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस।

samajikkhabar.com