samajikkhabar.com

रु रु जलुविद्युत परियोजनाको आइपीओ शुक्रबार (वैशाख ३ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा बिहान ८.३० बजे आइपीओ बाँडफाँड भएको हो । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट चैत ३१ गते नै सम्पन्न भइसकेको थियो ।

यता, रु रु को आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । यसमा कुल २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ६९ हजार ५६६ जनाले २ करोड ३३ लाख ७७ हजार२२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६१.६५ गुणा बढी हो । 
 यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् ।

रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि २४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

 इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । यसअघि रु रु ले स्थानीयलाई आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ ।

सम्बम्धित बिक्री प्रबन्धकले आबश्यक प्रकृया पुरा गरेपछी रु रु जलुविद्युत छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID ) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर मेरो सेयरले आइपियो रिजल्ट हेर्नकै लागी मात्र भनेर बनाएको वेबसाइट www.iporesult.cdsc.com.np बाट आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस।

samajikkhabar.com