samajikkhabar.com

काठमाण्डाै : आज वि.सं.२०७७ सालकाे अन्तिम दिन हाे । वर्षकाे अन्तिम दिन शेयर बजारमा सन्ताेषजनक प्रगति देखिएकाे छ। बजार २३.२३ अंकले उकालाे लाग्दै २७१४.७९ अंकमा पुगेकाे छ ।

आज ५ वटा कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेर बजार बन्द भएकाे छ। नेप्सेले २७०० काे यात्रालाई पनि पार गरेकाे छ।

आज जम्मा २०९ वटा कम्पनीकाे शेयर काराेबार हुँदा ८५ वटा कम्पनीकाे मूल्य बढेकाे छ भने ८६ वटा कम्प्नीकाे मूल्य घटेकाे छ । त्यस्तै १० वटा कम्पनीकाे मूल्य यथावत रहेकाे छ।

आज सर्किट लागेका ५ वटा कम्पनीहरूमा ज्याेति लाइफ इन्स्याेरेन्स , एन आइसि एशिया लघुवित्त , सिन्धु हाइड्राेपावर, माउन्टेन इनर्जी नेपाल र छ्याङ्ग्दी हाइड्राेपावर रहेका छन् ।

वर्षकाे अन्तिम दिन नेप्सेमा सबैभन्दा बढी नबिल बैंककाे २८ कराेड ६२ लाखभन्दा बढी रकमकाे शेयर काराेबार भएकाे छ भने सबैभन्दा बढी शेयर नेपाल बैंक लिमिटेडकाे ६ लाख २६ हजार ९ सय १३ कित्ता काराेबार भएकाे छ।

नेप्सेले वर्षकाे सुखद अन्त्य गरेकाे दिन सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

samajikkhabar.com