samajikkhabar.com

काठमाडौं : ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार दिउँसो १२:३० बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ  बाँडफाँड गरेको छ। 

आईपिओमा कुल  १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र  योग्य आवेदक कायम भएको क्यापिटलले जनाएको छ ।  यस हिसाबमा ४४ हजार ६ सय ४५ जना आवेदक अयोग्य भएका छन् ।  

योग्य कायम भएका  १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड भएको छ । जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदक हात खाली भएका छन् ।  

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस।

ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १६ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो । 

कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो । 

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने ब्यबस्था थियो । फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहेको थियो ।  आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ । 

आईपिओ नतिजा मेरोशेयर, सिडीएसले आईपिओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस।

samajikkhabar.com