samajikkhabar.com

काठमाडौं :  युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकरण भएको छ ।

अब आइतबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।

जसअनुसार यसको पहिलो कारोबार न्यूनतम ९८ रुपैयाँ ७९ पैसादेखि अधिकतम २९६ रुपैयाँ ३७ पैसाभित्र रहेर हुनेछ ।

यसको युएमआरएच संकेतबाट कारोबार हुनेछ । युनाइटेड इदी मर्दीको ४२ लाख कित्ता सेयर सूचीकरण गरिएको हो ।

samajikkhabar.com