samajikkhabar.com

काठमाडौं : बिहीबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ निर्धारण भएको थियो । 

samajikkhabar.com