samajikkhabar.com

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँ बढेको छ। पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५० रुपैयाँमा कारोवार भएको छ। मंगलबार ९१ हजार  ८५० रुपैयाँमा कारोवार भएको थियो। यस्तै, चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। मंगलबार एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँमा कारोबार भएको छ।

samajikkhabar.com